विवेक ओवरायको घरमा कर्नाटक प्रहरीले मार्‍यो छापा « Khabarhub

विवेक ओवरायको घरमा कर्नाटक प्रहरीले मार्‍यो छापा


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता विवेक ओवरायको मुम्बईस्थित घरमा प्रहरीले छापा मारेको छ । लागुऔषध केशमा विवेकका साला आदित्य अल्वामाथि शंका गर्दै प्रहरीले छापा मारेको हो ।

भारतीय प्रहरीका अनुसार आदित्य अल्वा फरार छन् । विवेक ओवराय उनका नातेदार भएकाले प्रहरीले सोधपुछ गर्दै घर आएको र छापा मारेको जनाइएको छ ।

प्रहरीका अनुसार यसबारेमा सोधपुछ गर्न प्रहरीले अदालतबाट वारेन्ट लिएको थियो ।

यो घटनामा कन्नड कलाकार रागिनी द्विवेदी र सञ्जना गलरानीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आदित्य अल्वाकी आमा नन्दिनी अल्वाको स्वामित्वमा रहेको बेंगलुरुको पाँच एकड सम्पत्तिमा पनि प्रहरीले छापा मारेका थियो ।

प्रहरीले पार्टीहरुमा ड्रग्सको प्रयोग गरेको भन्दै अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ४ : २५ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल