देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय « Khabarhub

देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भेन्टिलेटर र आइसियुमा गरी ३८२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार ६८ जना भेन्टिलेटरमा र ३१४ जना संक्रमित आइसियुमा उपचाररत छन् ।

संक्रमितको संख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १७५ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३७ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १९ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ५ : ०८ बजे

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर