कोरोना संक्रमितलाई पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश « Khabarhub

कोरोना संक्रमितलाई पनि लोक सेवाको परीक्षा दिन पाउने व्यवस्था मिलाउन सर्वोच्चको आदेश


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना सङ्क्रमितलाई लोक सेवा आयोगको परीक्षामा सहभागी नगराउन आयोगले बनाएको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन व्यवस्था मापदण्डको ८ नम्बर बुँदा कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो ।

कोरोना संक्रमणको डरलाग्दो यो अवस्थामा सङ्क्रमितले परीक्षा दिन नपाउँदा विभेद हुने र नेपालको संविधानमा भएको समानताको हकको पनि उल्लङ्घन हुने सर्वोच्चले जनाएको छ । यस विषयमा १५ दिनभित्र लिखित जवाफ दिन पनि सर्वोच्चले लोक सेवा आयोगलाई आदेश दिएको छ ।

साथै सर्वोच्चले यो मुद्दाको अन्तिम किनारा नलागेसम्म सङ्क्रमित व्यक्तिलाई परीक्षाबाट नरोक्न र उनीहरुको गोपनीयता भङ्ग नहुने गरी वैकल्पिक व्यवस्थासहित परीक्षाको वातावरण मिलाउन पनि आदेश दिएको छ ।

यस्तो छ अन्तरिम आदेश

No photo description available.No photo description available.

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : २२ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन