मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी  « Khabarhub

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी 


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद् पुनर्गठनपछि बिहीबार साँझ पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ ६ बजे सुरु भएको हो ।

प्रधानमन्‍त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका छन् भने दुई जनाको जिम्मेवारी परिवर्तन भएको छ ।

मन्त्रिपरिषदका नयाँ सदस्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ थपिएका छन् ।

तीनै मन्त्रीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ७ : ५१ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन