शुल्क लिन थालेपछि शुक्रराजमा पीसीआर परीक्षण गर्न जाने घटे « Khabarhub

शुल्क लिन थालेपछि शुक्रराजमा पीसीआर परीक्षण गर्न जाने घटे


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना (कोभिड-१९) परीक्षण शुल्क लिन थालेपछि परीक्षण गर्न जानेहरुको संख्या घट्न थालेको छ।

अस्पतालले गत आइतबारदेखि लक्षण नभएका र कन्ट्याक्ट ट्रेसिङमा नपरेकाहरूले परीक्षण गर्नुपर्ने भए २ हजार रुपैयाँ लिन थालेपछि भीड घटेको हो । परीक्षण गर्न आउनेको चाप बढेपछि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र लक्षणसहितका मानिसलाई मात्र निशुल्क परीक्षण गर्ने घोषणा सरकारले गरिसकेको छ।

पिसिआर गर्दा शुल्क लाग्ने भएपछि परीक्षणमा आउनेको संख्यामा कमी आएको अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले जानकारी दिए।

उनले भने, ‘निशुल्क परीक्षण हुँदा एकजना मानिस पाँच पटकसम्म परीक्षण गर्न आउने गरेका थिए। अहिले त्यस्ता मानिसहरुको संख्यामा कमी हुन थालेको थियो। उनका अनुसार दैनिक १२ बजेसम्म परीक्षण भइरहेको छ। अहिले पनि परीक्षणको लागि दैनिक २ सय देखि ३ सय मानिसहरु आइरहेका छन्।’

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : २७ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय