चितवनमा २० जनाले गरे प्लाज्मा दान « Khabarhub

चितवनमा २० जनाले गरे प्लाज्मा दान


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् ।

चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउन प्लाज्मा दान गरेका हुन् ।

कोरोनामुक्त प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन् । यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए ।

कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त व्यक्तिबाट शरीरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ ।

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड–१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए ।

उनका अनुसार अब दशैँपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : ३८ बजे

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका

भरतपुरको गेस्ट हाउस चौरमा ‘शहीद मैदान’ बनाइँदै

चितवन– चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘शहीद मैदान’

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई