मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा, को कहाँ ? « Khabarhub

मन्त्रिपरिषद बैठकले गर्‍यो सचिवहरुको सरुवा, को कहाँ ?


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न निर्देशन दिएका छन्।

बिहीबार नवनियुक्त मन्त्रीहरुले सपथ तथा पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई नतिजा देखिने गरी काम गर्न  निर्देशन दिएका हुन्।

‘नमुना बन्ने गरेर काम गर्नुस्। मलाई आशा छ राम्रो गर्नुहुन्छ भन्ने,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नवनियुक्त मन्त्रीले भने। बुधबार प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि आज पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो।

यसैगरी बैठकले सचिवहरुको सरुवा समेत गरेको छ ।

जसअनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यादवप्रसाद कोइरालालाई ल्याएको छ। सामान्यबाट सरुवा भएर स्वास्थ्य मन्त्रालयमा गएपछि विवादमा तानिएका सचिव कोइराला प्रधानमन्त्री कार्यालयमा सरुवा तानिएको थियो।

त्यस्तै संघीय मामिला मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन्।

प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ। सिंचाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ९ : २४ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन