ट्रम्पका समर्थकले गरे वासिङ्टनमा प्रदर्शन, हजारौं सहभागी | Khabarhub Khabarhub

ट्रम्पका समर्थकले गरे वासिङ्टनमा प्रदर्शन, हजारौं सहभागी


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हालै भएको राष्ट्रपतीय चुनावमा पराजित भए ।

उनका प्रतिद्वन्दी जो बाइडेनले चुनावमा जीत हासिल गरे पनि ट्रम्पले भने आफ्नो हार स्वीकार गर्न मानिरहेका छैनन् ।

यसैबीच वासिङ्टन डिसीमा ट्रम्पका हजारौं समर्थक भेला भएर विरोध प्रदर्शन गरका छन् । प्रदर्शनकारीले झण्डासहित प्रदर्शन गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनमा दक्षिण पन्थी समूह प्राउड बोइजको पनि सहभागिता थियो । गल्फ कोर्स जान निस्किएका ट्रम्पलाई प्रदर्शनकारीहरुले घेरेका थिए ।

गत नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएपछि ट्रम्पले हार बेहोरेका छन् । उनले आफू अदालतमा जाने र कानुनी लडाइँ लड्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ३८ बजे

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार