गाजाबाट इजरायलतर्फ दुईओटा रकेट प्रहार « Khabarhub

गाजाबाट इजरायलतर्फ दुईओटा रकेट प्रहार


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अविव – गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ ।

इजरायलको डिफेन्स फोर्सका तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजा तर्फबाट इजरायलमा आइतबार बिहान सबेरै दुई ओटा रकेट प्रहार गरिएको छ भनिएको छ । इजरायलको दक्षिणी शहर आसदोद र दक्षिणतर्फकै अर्को शहर सेफला क्षेत्रमा ती दुई ओटा रकेट हानिएको उक्त डिफेन्स फोर्सले आइतबार बिहान ट्वीट गरेर जानकारी दिएको हो ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । इजरायलको सो डिफेन्स फोर्सले आइतबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।

सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्वीटमा दिइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १ : ४४ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले