चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ  | Khabarhub Khabarhub

चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ 


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा चार दिनमा ४६ जना फरार  अभियुक्तहरु पक्राउ परेका छन् ।

विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ४६ जना व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो ।

चोरी, जबर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दाका फरार ४६ अभियुक्त पक्राउ परेका हुन् ।

पक्राउ परेकामा ४५ जना पुरुष र एक  महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक) सूर्यबहादुर थापाले  जानकारी दिए ।

पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको  प्रवक्ता थापाले बताए ।

उनीहरूबाट ७ वर्ष ९ महिना २६ दिन कैद र रु चार लाख आठ हजार  ३११ रकम असुल उपर भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ३ : ५९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र