चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ  « Khabarhub

चार दिनमा ४६ जना फरार अभियुक्त पक्राउ 


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा चार दिनमा ४६ जना फरार  अभियुक्तहरु पक्राउ परेका छन् ।

विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेका ४६ जना व्यक्तिलाई कात्तिक २५ देखि २८ गतेसम्म पक्राउ गरिएको हो ।

चोरी, जबर्जस्ती करणी, लागुऔषध, कर्तव्य ज्यान, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्जसम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दाका फरार ४६ अभियुक्त पक्राउ परेका हुन् ।

पक्राउ परेकामा ४५ जना पुरुष र एक  महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता  तथा प्रहरी नायब उपरीक्षक) सूर्यबहादुर थापाले  जानकारी दिए ।

पक्राउ परेकालाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाइएको  प्रवक्ता थापाले बताए ।

उनीहरूबाट ७ वर्ष ९ महिना २६ दिन कैद र रु चार लाख आठ हजार  ३११ रकम असुल उपर भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ३ : ५९ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार