हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सल्बलाए : मुख्यमन्त्री पोखरेल « Khabarhub

हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेकाहरु सल्बलाए : मुख्यमन्त्री पोखरेल


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सल्बलाएको बताएका छन्।

दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकार फेरपछि केही पाइन्छ कि भनेर सरकार फेर्न लागेको दाबी गरे। उनले सरकार बदल्नु जनताको हितमा नरहेकोसमेत बताए।

उनले भने –‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसँगको कुरा हो न त राष्ट्रको हितको कुरा हो।’

मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ वर्षमा धेरै प्रगति भएको भन्दै राम्रो गरिरहेको अवस्थामा ‘यो पनि भएन, त्यो पनि भएन’ भन्ने कुरा अस्थिरतामा खेल्न चाहनेहरुको खेल भएको दाबीसमेत गरे।

उनले भने, ‘नेपाली जनता स्थायित्वको पक्षमा छन्। अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन्। अझ धेरै राम्रो गर्नु पर्नेछ। त्यसका लागि सबै साझेदार बन्नु पर्दछ।’

उनले देश बनाउने काम सरकारको मात्रै हो भनेर छोड्ने काम नगर्न आग्रह गर्दै सबै ठाउँका जनताले हाम्रो काम भनेर गरेपछि त्यहाँ सरकार जोडिने र देशको विकास हुने बताए।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ४ : ५७ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले