बालन डी अर ड्रिम टिममा पर्नु मेरा लागि सम्मान हो- मेस्सी « Khabarhub

बालन डी अर ड्रिम टिममा पर्नु मेरा लागि सम्मान हो- मेस्सी


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालन डि अर ड्रिम टिममा परेपछि अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले खुसी व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा आफूले जितेका बालन डिअरसँग फोटो राख्दै कृतज्ञता व्यक्त गरेका हुन् । फ्रान्स फुटबलले बालन डिअर विजेता खेलाडीहरुको सूचीबाट सर्वकालिन प्लेइङ ११ बनाएको हो । जसलाई अनलाईन भोटिङमार्फत् टिम छनोट गरिएको हो ।

‘मलाई बालन डिअर ड्रिम टिममा पार्नु मेरो लागि सम्मान हो । मलाई उक्त टिममा छनोट गर्ने छनोटकर्तालाई धन्यवाद र उक्त टिममा छनोट भएका खेलाडीलाई बधाई । त्यो सूचीमा साच्चीकै लिजेन्ड्स पनि छन्,’ मेस्सीले इन्टाग्राममा लेखेका छन् ।’

६ पटकका बालन डिओर , ६ पटक गोल्डेन बुट, ४ पटक च्याम्पियन्स लिग जितेका मेस्सी छन् । मेस्सी यो वर्षको बलन डिअरका लागि पनि मनोनयनमा छन् । उनीसँगै क्रिष्टियानो रोनाल्डो र रोबर्टो लेवान्डोस्की छन् ।

यस्तो छ टिम

गोलरक्षक – लेभ यासिने

डिफेन्डर – काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनी

मिडफिल्डर – जाभि, लोथर माथ्युस, डियागो म्याराडोना, पेले

फरबार्ड – लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र रोनाल्डो

 

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : १५ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४