प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– सभामुखले संवैधानिक दायित्व भुले « Khabarhub

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– सभामुखले संवैधानिक दायित्व भुले


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व भुलेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले सभामुखले आफ्नो संवैधानिक दायित्व बिर्सिँदै मंसिर २८ र ३० को बैठक बहिष्कार गरेको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक दायित्व र कर्तव्यविपरीत मंसिर २८ र ३० गते वहिष्कार गर्नुभयो’, उनले भनेका छन्, ‘जबकि सभामुख त पार्टीभन्दा माथि, स्वतन्त्र र गरिमामय हुने तथा निष्पक्ष रूपमा कार्यसम्पादन हुनुपर्ने संवैधानिक परिकल्पना र व्यवस्था रहेको छ।’

संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले डाकेको बैठक सभामुख सापकोटाले बहिष्कार गरेपछि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍बाट सिफारिस अध्यादेशलाई जारी गरिसकेकी छन्।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ०३ बजे

गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय रास्वपाकै हो : ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनका लागि छलफल गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका सन्दर्भमा

पर्सामा साढे पाँच वर्षभित्र छ हजार उद्योग थपिए

वीरगञ्ज– पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व : प्रधानमन्त्री 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमसार क्षेत्र सबैका साझा सम्पत्ति

रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला