काठमाडौं उपत्यकामा थपिए ४३८ संक्रमित, ४ को मृत्यु « Khabarhub

काठमाडौं उपत्यकामा थपिए ४३८ संक्रमित, ४ को मृत्यु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४ महिला र २६४ पुरुष गरी ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१०, ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा मात्रे हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ५५१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तो छ तथ्यांक

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र ९३ हजार ५०२ जना संक्रमित भएका छन्, जसमध्ये ४४७ जनाको मृत्यु भएको छ भने  ८८ हजार ६ जना निको भएका छन्। हाल काठमाडौँमा सक्रिय संक्रमितको संख्या ४ हजार ३५३ रहेको छ ।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५२१ पुगेको छ ।

जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा १३ हजार ६७७ जना निको भएका छन्। हाल लितपुरमा सक्रिय संक्रमितको संख्या ७०७ रहेको छ ।

त्यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ५८ पुगेको छ । जसमध्ये ९७ जनाको मृत्यु भएको छ भने  ८ हजार ९८ जना निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या भक्तपुरमा ३३३ रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४९ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन