काठमाडौं उपत्यकामा थपिए ४३८ संक्रमित, ४ को मृत्यु | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ४३८ संक्रमित, ४ को मृत्यु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४ महिला र २६४ पुरुष गरी ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१०, ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौँ उपत्यकामा मात्रे हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ५५१ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा १ र ललितपुमा ३ जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तो छ तथ्यांक

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र ९३ हजार ५०२ जना संक्रमित भएका छन्, जसमध्ये ४४७ जनाको मृत्यु भएको छ भने  ८८ हजार ६ जना निको भएका छन्। हाल काठमाडौँमा सक्रिय संक्रमितको संख्या ४ हजार ३५३ रहेको छ ।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५२१ पुगेको छ ।

जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा १३ हजार ६७७ जना निको भएका छन्। हाल लितपुरमा सक्रिय संक्रमितको संख्या ७०७ रहेको छ ।

त्यस्तै भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ५८ पुगेको छ । जसमध्ये ९७ जनाको मृत्यु भएको छ भने  ८ हजार ९८ जना निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या भक्तपुरमा ३३३ रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ४ : ४९ बजे

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु

तापक्रम नियन्त्रणमा राख्ने बाचा असफल भयो :महासचिव गुटेर्रेस

बेलेम – विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने