२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)  « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) 


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ९३६ संक्रमित थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुङगामा ३, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४ र सोलुखुम्बुमा १ जनामामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश २ को धुनषामा ३, पर्सामा १, बारामा २, सर्लाहीमा १ र सिरहामा २ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बागमती प्रदेशको काठमाडौंमा ३१०, काभ्रेमा ३१, चितवनमा १, दोलखामा ८, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६ सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपरासी पूर्वमा ४ , पर्वतमा १, म्याग्दीमा १, लमजुङमा ७, वागलुङमा ६र स्याङजामा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, दाङमा २, नलवपरासीमा ५, पाल्पामा ६, प्यूठानमा १६, बर्दियामा ५, बाँकेमा २७, र रुपन्देहीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा १, रुकुम पश्चिममा २ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा १८, कैलालीमा ३३, डडेल्धरामा ३, डोटीमा १, दार्चुलामा ३ बझाङमा २ र बैतडीमा २ जनामा कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : १६ बजे

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी