काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक रहेको बताएका छन् ।
उनले सरकारको यो कदम सर्वसत्तावादी सोच भएको आरोप लगाए । संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति कांग्रेसको विमत्ती रहेको उनको भनाइ छ ।
देउवाले भनेका छन्, ‘ उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ l यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ l यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !’
प्रतिक्रिया