साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ७३ करोड « Khabarhub

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ७३ करोड

सेयरधनीले २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाउने


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ७३ करोड नाफा कमाएको छ । कर्पोरेसनको ५३ औं साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा विभिन्न क्रियाकलापहरुका बारेमा छलफल गर्दै सभाले वार्षिक प्रतिवेदन पारित गरेको कम्पनीले जनाएको छ।

कम्पनीले गरिरहेको नुन, चिनी र रासायनिक मल लगायतको व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमूलक रहेको साधारणसभाको निष्कर्ष छ।

गत आर्थिक वर्ष कम्पनीले ८ अर्ब २५ करोड रुपैयाँको कारोबार गर्दै ७३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। कर्पोरेसनले व्यापार विविधिकरणको नीति अनुरुप थप चुक्ता पुँजीको आवश्यकता पर्ने भन्दै गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ बराबरको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई सभाले स्वीकृत गरेको हो।

विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनीमध्ये २५०० मेट्रिक टन भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसले धेरै महिनासम्म चिनी भन्सारमा रोकिएका कारण कारोबारमा कमी मात्रै आएको थिएन, डेमरेज चार्ज धेरै तिर्नु परेकाले आर्थिक भार पर्न गएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरणतर्फ उन्मुख हुने जनाएको छ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ३५ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर