६५ लाख बराबरको गहना बरामद « Khabarhub

६५ लाख बराबरको गहना बरामद


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्जबाट ६५ लाखभन्दा बढी मूल्यको चाँदीको गहना नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–६ गहवामा सञ्चालित रहेको जय नरसिंह ज्वयलर्सको गोदामा छापामारी प्रहरीले ६५ किलोभन्दा बढी चाँदीका गहना बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भित्र्याइएका गहना भण्डारण गरी राखिएको पूर्वसूचनाका आधारमा कारवाही गर्दा उक्त परिमाणका गहना बरामद गरिएको प्रहरी उपरीक्षण गङ्गा पन्तले जानकारी दिए ।

सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ज्वायलर्सकी सञ्चालिका सुनिताकुमारी सर्राफका श्रीमान् दीपक सर्राफलाई नियन्त्रणमा लिइएको उनले बताए ।

बरामद गरिएको गहना र नियन्त्रणमा रहेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भएको उपरीक्षण पन्तले जानकारी दिए ।

बरामद भएका सबै गहना नेपालमै उत्पादन गरिएको र सबै गहनाको कागजात दुरुस्त रहेको सुन चाँदी व्यवसायी सङ्घ पर्साका उपाध्यक्ष बच्चा सर्राफले जानकारी दिए । उनले प्रहरीलाई सबै कागजात देखाउदा व्यवसायीलाई दुःख दिने काम मात्र गरिएको आरोप लगाए ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : ४५ बजे

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६