एक मत पनि तलमाथि नहोस् : नेपाल « Khabarhub

एक मत पनि तलमाथि नहोस् : नेपाल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्देशनबाट दायाँबायाँ नहुन नेकपाका सांसद र स्थानीय तहका प्रमुख एवं उपप्रमुखलाई निर्देशन दिएका छन् ।

यही माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एक भोट पनि तलमाथि नहुने गरी मतदान गर्न नेता नेपालले सुझाएका हुन् ।

बुधवार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्ध पीडित बाल गृहमा जनवादी गायक जेबी टुहुरेको एकल साङगीतिक प्रस्तुति समारोहलाई सम्वोधन गर्दै नेता नेपालले पार्टीका जनप्रतिनिधिलाई मतको अधिकार प्रयोग गर्न निर्देशन दिए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले सकारात्मक सन्देश प्रवाह गर्न र पार्टीको पुरानो सिट सुरक्षित गर्न प्रदेश २ मा राजपासँग सहकार्य गरिएको बताए ।

उनले दुवै पार्टीले उठाएका उम्मेदवार बाहेक अरुको पक्षमा मतदान नगर्न पार्टीका जनप्रतिनिधिलाई सचेत गराए । फरक प्रसङ्गमा नेकपा वरिष्ठ नेता नेपालले सङगीतले जातिय भावना हटाई समाजलाई एकतावद्ध बनाउन ठूलो योगदान पुर्‍याइरहेको बताए । कार्यक्रममा ७५ वर्षीय जनवादी गायक टुहुरेले प्रत्यक्ष वाद्यवादनका साथमा साङगीतिक प्रस्तुति देखाए ।

जेबी टुहुरे फाउण्डेसनको आयोजना, हरिवन नगरपालिकाको प्रवद्र्धन र द्वन्द्ध पीडित बाल गृह सञ्चालन गरिरहेको चेतना सन्देश नेपालको व्यवस्थापनमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, जिल्लाका सांसद, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, सुरक्षा निकायका प्रमुख, राजनीतिज्ञ, सामाजिक अगुवा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : २४ बजे

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस 

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै