कृषि अनुदानमा भएको दुरुपयोग रोक्छु : मन्त्री भुसाल « Khabarhub

कृषि अनुदानमा भएको दुरुपयोग रोक्छु : मन्त्री भुसाल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताएका छन् ।

धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताए ।

रुपन्देहीको सियारी गाउँपालिकामा बुधबारदेखि शुरु भएको मत्स्य एवं कृषि महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी आधुनिक ढङ्गले अघि बढाउन सरकारले प्रयत्न गरिरहेको पनि बताए ।

कृषिको यान्त्रीकरण र आधुनिकीकरण आजको आवश्यकता हो, यान्त्रीकरणबिना कृषि उत्पादन बढ्न सक्दैन, उनले भने, किसानलाई व्यावसायिक बनाउन यान्त्रीकरणको विकल्प छैन ।

उनले बीउबिजनसम्बन्धी राष्ट्रिय नीति र गतिविधिलाई सङ्घीय ढाँचाअनुरूप बनाउन आवश्यक सबै खालका कानुन संशोधन गर्ने पनि बताए । बीउबिजनसम्बन्धी हाम्रा नीति र गतिविधि सङ्घीय ढाँचाअनुरूप बनाउनुपर्ने पनि उनले बताए ।

मन्त्री भुसालले माछा उत्पादक कृषकलाई प्रोत्साहन गर्नेगरी सरकार अघि बढ्ने र त्यसका लागि बजारीकरणमा जोड दिन सरोकारवालालाई आग्रहसमेत गरेका छन्। माछामा पर्याप्त सम्भावना हुँदाहुँदै पनि भारतीय माछा आयात हुनु मुलुकका लागि दुर्भाग्य भएको उनले बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले माछा महोत्सव नेपाल पर्यटन वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सार्थक हुने भन्दै लुम्बिनी आएका बाह्य पर्यटकले सियारीमा हुने माछा महोत्सवको अवलोकन गरेर माछाका परिकारको स्वाद लिनुका साथै विभिन्न जातजातिका संस्कृतिको अवलोकन गर्नसक्ने बताए ।

रुपन्देहीका चारवटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोनको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिका प्रथम माछा महोत्सव आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा मत्स्यसम्बन्धी ३६ वटा स्टल राखिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ३० बजे

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन