कृषि अनुदानमा भएको दुरुपयोग रोक्छु : मन्त्री भुसाल « Khabarhub

कृषि अनुदानमा भएको दुरुपयोग रोक्छु : मन्त्री भुसाल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताएका छन् ।

धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन नदिइने बताए ।

रुपन्देहीको सियारी गाउँपालिकामा बुधबारदेखि शुरु भएको मत्स्य एवं कृषि महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यकता सम्बोधन हुनेगरी आधुनिक ढङ्गले अघि बढाउन सरकारले प्रयत्न गरिरहेको पनि बताए ।

कृषिको यान्त्रीकरण र आधुनिकीकरण आजको आवश्यकता हो, यान्त्रीकरणबिना कृषि उत्पादन बढ्न सक्दैन, उनले भने, किसानलाई व्यावसायिक बनाउन यान्त्रीकरणको विकल्प छैन ।

उनले बीउबिजनसम्बन्धी राष्ट्रिय नीति र गतिविधिलाई सङ्घीय ढाँचाअनुरूप बनाउन आवश्यक सबै खालका कानुन संशोधन गर्ने पनि बताए । बीउबिजनसम्बन्धी हाम्रा नीति र गतिविधि सङ्घीय ढाँचाअनुरूप बनाउनुपर्ने पनि उनले बताए ।

मन्त्री भुसालले माछा उत्पादक कृषकलाई प्रोत्साहन गर्नेगरी सरकार अघि बढ्ने र त्यसका लागि बजारीकरणमा जोड दिन सरोकारवालालाई आग्रहसमेत गरेका छन्। माछामा पर्याप्त सम्भावना हुँदाहुँदै पनि भारतीय माछा आयात हुनु मुलुकका लागि दुर्भाग्य भएको उनले बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारूले माछा महोत्सव नेपाल पर्यटन वर्ष र लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सार्थक हुने भन्दै लुम्बिनी आएका बाह्य पर्यटकले सियारीमा हुने माछा महोत्सवको अवलोकन गरेर माछाका परिकारको स्वाद लिनुका साथै विभिन्न जातजातिका संस्कृतिको अवलोकन गर्नसक्ने बताए ।

रुपन्देहीका चारवटा गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोनको आयोजनामा रुपन्देहीको सियारी गाउँपालिका प्रथम माछा महोत्सव आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा मत्स्यसम्बन्धी ३६ वटा स्टल राखिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ३० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते