काठमाडौंमा अन्डरवर्ल्ड डन दाउदको मुख्य अड्डा, नेपाली नेताहरुपनि दाउदका ‘पार्टनर’ ! « Khabarhub

काठमाडौंमा अन्डरवर्ल्ड डन दाउदको मुख्य अड्डा, नेपाली नेताहरुपनि दाउदका ‘पार्टनर’ !


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्डरवर्ल्ड डन दाउद इब्राहिमले नेपालमा आफ्नो अड्डा बनाएको र यहाँबाट भारतमा नक्कली नोट पठाउने गरेको आरोप भारतीय सञ्चार माध्यमहरुले लगाएका छन् ।

कुनै समय दाउदको ग्याङ्गका सदस्य समेत रहेका एजाज युसुफ लकडाले मुम्बई प्रहरीको सोधपुछमा यस्तो बताएको समाचारमा उल्लेख गरिएको छ । लकडालाई ८ जनवरीमा भारत विहारको राजधानी पटनाबाट पक्राउ गरिएको थियो ।

भारतीय अनलाईन जागरणमा प्रकाशन भएको एक समाचारमा जनाइए अनुसार नेपालमा पाकिस्तानी दूतावासका प्रमुख अधिकारीको माध्यमबाट दाउदले आफ्नो धन्दा चलाइरहेका छन् ।

त्यस्तै भारतीय अनलाइन प्रभाव खबरका अनुसार काठमाडौंमा दाउदको कम्पनीले करोडौंको लगानी गरेको र निकै ठूलो कारोबार सञ्चालन गरेको छ । सबैभन्दा धेरै लगानी इन्फास्ट्रक्चरको क्षेत्रमा गरिएको समाचारमा दाबी गरिएको छ । तर समाचारमा कम्पनीको नामबारे भने उल्लेख गरिएको छैन ।

कयौं कन्स्ट्रक्सन र अन्य कम्पनीमा पनि दाउदले लगानी गरेको र यसमा नेपालका कयौं नेताहरुको पनि पार्टनरशिप रहेको दाबी समाचारमा गरिएको छ । तर कुन कुन नेताको पार्टनरशिप छ भन्नेबारे भने उल्लेख गरिएको छैन ।

दाउदको कम्पनीले सन् २००८–२००९बाट नै काठमाडौंमा लगानी गर्न शुरु गरेको र उक्त कारोबार मुख्य रुपमा लकडाले नै हेर्ने गरेको उनले भारतीय प्रहरीलाई दिएको वयानमा उल्लेख गरिएको समाचारमा जनाइएको छ । क्यानडापछि दाउदले आफ्नो दोस्रो महत्वपूर्ण स्थानमा नेपाललाई नै बनाएको समाचारमा दाबी गरिएको छ ।

काठमाडौंको बासबारीमा दाउदको एक आलीशान होटल रहेको र उनी काठमाडौं आउजाउ गरिरहने दाबी समाचारमा गरिएको छ ।

लकडाले मस्ट वान्टेड दाउदको पाकिस्तानको कराचीमा दुई घर रहेको समेत बताएको समाचारमा जनाइएको छ । भारीय प्रहरीको अपराध शाखाका शीर्ष अधिकारीहरुका अनुसार दाउदका भाइ त्यहाँ बस्छन् ।

भारतीय प्रहरी अधिकारीहरुले लकडाको गिरफ्तारी ठूलो उपलव्धि भएको बताएका छन् र उनीबाट दाउदले गर्ने भारतीय नक्कली नोट कारोबारमा महत्वपूर्ण जानकारी प्राप्त भएको छ ।

मुम्बइ प्रहरी अधिकारीहरुका अनुसार एजाज लकडा कुनै समय दाउदका महत्वपूर्ण सदस्य थिए र उनी ड्रग्स तस्करीलगायत महत्वपूर्ण गतिविधिलाई हेर्थे ।

तर १९९३ मा मुम्बइमा भएको विस्फोट पछि उनी छोटा राजनसँगै दाउद ग्याङ्गबाट अलगिएका थिए । छोटा राजनसँग तनाव बढेपछि उनले आफ्नो अलग्गै गिरोह बनाएका थिए र नेदरल्याण्डमा बसेर ड्रग्स तस्करी गरिरहेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ११ : ३० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले