२६ वर्षीया सुनीताले जन्माइन् चम्ल्याहा शिशु « Khabarhub

२६ वर्षीया सुनीताले जन्माइन् चम्ल्याहा शिशु


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको थियो । चारै शिशु करीब डेढ केजीका रहेका छन् । पहिलो बच्चा छोरी (तौल १.६ किग्रा), दोश्रो छोरा (१.३ किग्रा), तेश्रो छोरी (१.३ किग्रा), चौथो छोरी (१.४ किग्रा) रहेका छन् ।

भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको तर शल्यक्रिया गर्दा चारवटा भेटिएको डा पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ३ : १२ बजे

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक