संरक्षण क्षेत्रलाई नयाँ तरिकाबाट विकास गरिन्छ : मन्त्री बस्नेत « Khabarhub

संरक्षण क्षेत्रलाई नयाँ तरिकाबाट विकास गरिन्छ : मन्त्री बस्नेत


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- वन मन्त्री एवं अन्नपूर्ण संरक्षण कोषका अध्यक्ष शक्ति बस्नेतले संरक्षण क्षेत्रलाई परिस्कृत एवं परिमार्जन गरी नयाँ तरिकाबाट विकास गरिने बताएका छन् ।

वन मन्त्रालयलले पोखरामा आयोजना गरेको अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन विषयक गोष्ठीमा मन्त्री बस्नेतले संरक्षण क्षेत्रलाई आवश्यकताअनुसार नीति निर्माण गरेर स्थानीयवासीले अनुभूति गर्नेगरी उपयोग गरिने बताए ।

मुलुक सङ्घीय प्रणालीमा गए पनि संरक्षण क्षेत्र परम्परागत तरिकाले सञ्चालन भई रहेको बताउँदै उनले संविधानप्रदत्त अधिकार उपयोग गर्नेगरी प्राकृतिक स्रोत साधनमा जनताको हक अधिकारको सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि प्राकृतिक स्रोत साधानलाई भरपुर उपयोग गरिनेमा जोड दिँदै उनले अन्नपूर्ण संरक्षण क्षेत्रको प्राविधि सहयोग, सङ्घ र प्रदेशको अनुगमन तथा स्थानीय तहको व्यवस्थापन वर्तमानको आवश्यकता भएको बताए ।

नेपाल प्राकृतिक साधन स्रोतमा सम्पन्न भए पनि त्यसको समुचित उपयोग हुन नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले सरकारको विकासको लक्ष्य सफल बनाउन पनि यी स्रोतको बहुपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनालाई अहिलेनै खारेज गर्नुभन्दा पनि जनताका अधिकारलाई स्थापित गर्दै संरक्षण क्षेत्रको व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ९ : २३ बजे

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा