लागूऔषध प्रयोगकर्तालाई परामर्श आवश्यक : आईजीपी खनाल « Khabarhub

लागूऔषध प्रयोगकर्तालाई परामर्श आवश्यक : आईजीपी खनाल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होईन परामर्श दिनुपर्ने बताएका छन् ।

लागु औषध प्रयोगको रोकथाम र नियन्त्रणका लागी वीरगञ्जमा स्थापित कानुनी तथा मनोसमाजिक निशुल्क परामर्श केन्द्रको बिहीबार एक कार्यक्रमकाबीच उद्घाटन गर्दै महानिरिक्षक खनालले लागु औषधको प्रयोग र कारोबार बढदै गएको अवस्थामा सीमा क्षेत्रमा स्थापना गरिएको यस केन्द्रबाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान शुरु गरेको बताउँदै प्रहरी महानिरीक्षक (आईजीपी) खनालले भने, ‘लागू औषधले विकराल रुप लिइसक्यो, छोरा छोरी कुलतमा लागेका छन्, अभिभावक, शिक्षकले यो विषयलाई अगाडि आएर भन्न सकेका छैनन् । अर्कोले के भन्ला भन्ने डर भएको छ । उनीहरुको उद्धार गर्नुपर्छ । अभिभावक मुख खोलेर आउनुपर्छ ।’

समुदायको सहयोग विना प्रहरीको एक्लो प्रयासले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा सम्भव नहुने बताउँदै महानिरीक्षक खनालले भारतसँगको खुला सीमाका कारण लागूऔषधको प्रयोग तथा ओसार पसारमा वृद्धि भएको बताए ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले युवा पुस्ताहरुमा लागुपदार्थ सेवनको कुलत बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी समुदाय र महानगरको सामुहिक प्रयास जरुरी रहेको बताए ।

लागू औषध प्रयोगकर्ताको पुनःस्थापनाका लागि खुलेका नीजि केन्द्रहरुमा चर्को शुल्क रहेको बताउदै नगर प्रमुख सरावगीले निःशुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै लाभान्वित हुने बताए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ९ : ५५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको