एम्बाप्पे र नेयमारबीनाको पीएसजी एमिन्ससँग बराबरीमा रोकियो « Khabarhub

एम्बाप्पे र नेयमारबीनाको पीएसजी एमिन्ससँग बराबरीमा रोकियो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रेन्च लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी ) र लिगमा पुछारमा रहेको एमिन्सबीच उच्च प्रतिस्पर्धा भएको छ ।

शनिबार राति भएको खेलमा पीएसजी र एमिन्सले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका छन ।

मुख्य खेलाडी केलियन एम्बाप्पे र नेयमारबिनै मैदान उत्रिएको पीएसजीले रोमाञ्चक खेलमा घरेलु टोलीसंग अंक बाँड्यो । सेहरो गुरासीले पाँचौ मिनेटमा एमिन्सलाई सुरुवाती अग्रता दिलाए । २९ औ मिनेटमा गेल काकुटाले घरेलु टोली एमिन्सको अग्रता दोब्बर बनाए ।

फौसिनी डायबेटले ४५ औ मिनेटमा घरेलु टोलीलाई ३–० को स्थितीमा पुर्याएका थिए ।  पहिलो हाफको अन्तिम मिनेटमा पीएसजीका एन्ड्रे हेरेराले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने संकेत गरे ।

दोस्रो हाफमा नियान्जो कावासीले लगातार दुई गोल गर्दै पीएसजीलाई बराबरीमा फर्काएका थिए । ६० औ मिनेटमा पहिलो गोल गरेका उनले ५ मिनेटको अन्तरमा दोस्रो गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

मौरो ईकार्डीले ७४ औ मिनेटमा गोल गर्दै पीएसजीलाई ४–३ ले अगाडी बढाएका थिए । तर खेलको अन्तिम मिनेटमा एमिन्सका गुरासीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीसंग अंक खोस्न सफल भएका थिए ।

पीएसजीले आगामी मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा बोरुसिया डर्टमण्डसंग खेल्न निस्कदैछ । सोही कारण उसले केलियन एम्बाप्पे र नेयमारलाई लिग वानको खेलबाट बाहिर राखेको थियो ।

बराबरीको नतिजासंगै पीएसजीले दोस्रो स्थानको मार्सेलीसंग १३ अंकको स्पष्ट अग्रता कायम राखेको छ । एमिन्स २१ अंक सहित रेलिगेशन जोनमा यथावत छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : २२ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका