गोही संरक्षणमा चुनौती, राप्ति र नारायणीमा छाडिएका तीन गोहीको मृत्यु « Khabarhub

गोही संरक्षणमा चुनौती, राप्ति र नारायणीमा छाडिएका तीन गोहीको मृत्यु


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  राप्ती र नारायणी नदीमा गत वर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो ।

ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अङ्ग पठाइएको छ । खड्काले भने, ‘मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।’

ती तीनै वटा गोही गत साल नदीमा छाडिएका हुन् । यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो ।

संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र सेटेलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो ।

यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ ।

राप्तीमा चार वटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजबाट थालिने निकुञ्जले जनाएको छ ।

मुखमा बेरिएको अवस्थामा गोही फेला परेका हुन् । अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् ।

ती दुई नदीमा भाले गोही नभए पछि बबहीबाट एउटा भाले गोही ल्याइएको थियो । अनुगमनका क्रममा बबहीबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उनले जानकारी दिए ।

यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ । निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर बाह्र वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो ।

तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो । अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए ।

निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ । नारायणीको भेलौजीमा एउटा डल्फीन समेत भेटिएको थियो ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४ सय ६५ वटा गोही छाडिसकिएको छ ।

ती मध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : २१ बजे

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात : ९ महिनामा ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

मिथिलामा जानकी नवमीको उल्लास

महोत्तरी– विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई