नाला गुम्मालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग | Khabarhub Khabarhub

नाला गुम्मालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ ।

नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरे ।

एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ । चेक रिपब्लिकले स्पाइन बोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभी लाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथ लगायतका सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियो ।

‘यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं । हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ,’ हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भने, ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं ।’

त्यसैगरी, धाग्पो शिडरब लिङ फाउन्डेसनका प्रतिनिधि लेक्शे घलले सहयोग र साझेदारीका लागि चेक रिपब्लिकका जनता, चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसन र चिकित्सकीय क्षेत्रमा काम गर्ने चेक संस्था मेडेभ्याकप्रति कृतज्ञता प्रकट गरे । ‘एम्बुलेन्सलाई गुम्बाका विद्यार्थी मात्र होइन, नालामा बसोबास गर्ने जोसुकै बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिनेछ ।’ उनले भने ।

नाला क्षेत्र सुविधासम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करिब २० किलोमिटर टाढा पर्छ । यहाँबाट सार्वजनिक यातायातमा सुविधासम्पन्न अस्पतालमा पुग्न करिब दुई घन्टा लाग्छ जसले गर्दा बिरामीको ज्यान जाने जोखिम रहन्छ ।

चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पु¥याउन सहयोग गर्ने अपेक्षा गरेको छ । नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ । यो संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : ४४ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने