कोकाकोलाले पाँचौं मोःमोः उत्सव मनाउँदै « Khabarhub

कोकाकोलाले पाँचौं मोःमोः उत्सव मनाउँदै


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोका–कोलाले ५औं कोकाकोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्शियल सार्वजनिक गरेको छ । यस वर्ष मोःमोः भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ ।

यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।

यो टिभीसीमा अभिनेत्री साम्रागी आर।एल। शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत रहेका छन् । साम्रागी रेष्टुरेन्टमा गएर साथीहरुसँग बसेर कोक र मःमः (कोक र मःमःको जेस्चर प्रयोग गरि) अर्डर गरेर टिभीसी शुरु हुन्छ ।

उनका साथीहरु (अलिशा राई, केन्जल श्रेष्ठ, जेय अथर र आइजेन) फोनमै व्यस्त छन् र एकअर्कासँग कुराकानी समेत गरिरहेका हुदैनन् । सबैको मःम आइपुग्छ तर साम्रागीको मःम चाहिँ कोकको बोटल सहित आइपुग्छ । सबैजना फोनमै आँखा गाडेर मःम खाइरहेका हुन्छन् । त्यसपछि साम्रागीको कोकको बोटल पप हुन्छ र त्यो आवाजले सबैको ध्यान तानिन्छ र अन्तत उसका साथीहरुले आफ्नो फोनबाट आँखा हटाउँछन् ।

बाँकी साथीहरुले त्यसपछि आफ्ना लागि कोक अर्डर गर्छन् । अब, सबैजनाले कोकको साथ खानाको मज्जा लिइरहेका छन् र एकअर्कासँग रमाइलो गर्दै छन् । जब बिल आइपुग्छ सबैजना मजाक गरेर बिल तिर्नबाट बच्नका लागि फेरि फोनमा डुबेको जस्तो गर्दछन् । त्यसपछि उनीहरु साम्रागीलाई हेर्छन र हाँस्छन् ।

यो टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ ।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेको बताए ।

नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ०२ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको