तत्काल राजनीतिमा आउने सोचमा छैन: राजेश हमाल « Khabarhub

तत्काल राजनीतिमा आउने सोचमा छैन: राजेश हमाल


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले अहिलेको अवस्थामा आफू राजनीतिमा आउन नचाहेको प्रतिक्रिया दिएका छन् । आज (आइतवार) राजधानीमा नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलले आयोजना गरेको मेरो कथा सेसनमा बोल्दै हमालले तत्कालको अवस्थामा राजनीतिमा आउन नचाहेको बताए ।

हमालले राजनीति भनेको राज्यको मुख्य नीति भएकाले यसमा चासो राख्ने र हरेक कुरा राजनीतिसँग जोडिने धारणा राखे । उनले राजनीति राज्यको मेरुदण्ड भएको प्रतिक्रिया समेत दिए ।

‘राजनीति भन्ने कुरा नगर्ने भन्ने हुँदैन, राज्यको हरेक कुरा राजनीतिसँग जोडिएको हुन्छ, राजनीति भनेको हाम्रो मेरुदण्डजस्तै हो,’ हमालले भने, ‘राज्यको मुख्य नीति राम्रो भएन भने देश प्यारालाइसिस अवस्थामा हुन्छ ।’

उनले आम जनताले सेलिब्रेटीलाई राजनीतिमा होमिन अनुरोध गर्नु एक किसिमको बिडम्बना भएको बताए ।

उनले पहिलो खुड्किलोमै राजनीति गर्छु भनेर अघि बढेका नेताहरुले राम्रो राजनीति गरेको भए जनताले अन्य पेशा अंगालेका सेलिब्रेटीलाई राजनीतिमा आउन अनुरोध नगर्ने बताए ।

अहिलेको विन्दुमा आएर आफूले सोच्दा राजनीतिमा आउने कुनै चासो नभएको हमालले स्पष्ट पारे ।

उनले भने, ‘म समाजको नागरिक भएकाले राजनीतिप्रति चासो राख्छु । आजको विन्दुमा म राजनीतिमा हाम फाल्ने सोचमा छैन ।’

उनले आफू कुनै बेला राजनीतिक रुपमा पनि सक्रिय रहन सक्ने पनि संकेत गरे । ‘राजनीति क्षेत्रमा कहिल्यै पनि आउँदैन, यो मेरो क्षेत्र हो भनेर पनि भन्दिनँ किनकि भोलि राजनीतिमा गएँ भने मैले जान्नँ भनेको कुरा उठ्ला,’ हमालले भने ।

पछिल्लो समय हमाल फिल्म क्षेत्रमा भने खासै सक्रिय छैनन् । हमालले आफूलाई कैयन् फिल्मबाट भूमिकाका लागि अफर आएको तर राम्रो फिल्मको पर्खाइमा रहेको बताए । उनले आफैले कुनै फिल्मको तयारी गरिरहेकोतर्फ संकेत गर्दै भविष्यमा कुनै फिल्म ल्याएर आउन सक्ने समेत बताए ।

तस्वीरहरू: अर्घेलो थापा/खबरहब

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : २५ बजे

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र जनकपुरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार दुई बलमा लिए दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग,

मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

लुम्बिनी लायन्सका शेरको शिकार भए जनकपुर बोल्ट्सका कंसाकार

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले