कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिँदै « Khabarhub

कोरोना भाइरसबिरुद्धको खोप मानवमा परीक्षण गरिँदै


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त भइरहँदा  यसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक आज मानवमा परीक्षण हुन लागेको छ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सीयाटलमा सुरु गर्न लागेको यो परीक्षण ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू परिचालित हुनेछन् ।

उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (MRNA) को सानो भाग भएको बताइएको छ।

बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगबिरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ।

परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ। त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ४९ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी