टीकापुरमा विमानस्थल सञ्चालनका लागि अध्ययन शुरु « Khabarhub

टीकापुरमा विमानस्थल सञ्चालनका लागि अध्ययन शुरु


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन शुरु गरेको छ । प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलको स्थलगत अध्ययन गरेको छ ।

प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था राम्रो देखिएको बताए । ‘अब प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरिसकेपछि प्रक्रिया अगाडि बढ्छ,’ श्रेष्ठले भने, ‘त्यसअघि स्थानीय सर्वपक्षीय सहमति आवश्यक रहेको छ ।’

टीकापुरमा विमानस्थल निर्माणको काम अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डानुसार हुने छ । आइकाओको मापदण्डानुसार एक हजार ८०० मिटरभन्दा लामा हवाई मैदानको चौडाइ पनि ३२० मिटर हुनुपर्नेछ तर टीकापुरमा रहेको विमानस्थलको क्षेत्रफल एक हजार दुई सय मात्र भएका कारण हवाई उडान गर्न कठिनाइ हुने भन्दै विमानस्थलको जग्गा गौचरनमा परिणत भएको छ ।

टीकापुरमा स्थानीय सरकार, टीकापुर उद्योग वाणिज्य सङ्घलगायतले टीकापुर विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई गत महिना सम्पन्न टीकापुर महोत्सवमा प्रमुख अतिथि बनाएर एक विमानस्थल बनाउन एकसूत्रीय माग राखेका थिए । मन्त्री भट्टराईले टीकापुरका जनताले जमीन उपलब्ध गराए सरकारले विमानस्थल बनाउने आश्वासन दिएका थिए ।

हालको टीकापुर विमानस्थल रहेको जमीनको क्षेत्रफल कम भएका कारण देखाउँदै उडान भर्न नसकेको अवस्थामा टीकापुर नगरपालिकाले खेलकूदका लागि छुट्याएको जमीनलाई विमानस्थल र विमानस्थलको जमीनलाई खेलकूद मैदान बनाउने सर्वपक्षीय बैठकबाट पारित भइसकेको छ ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले खेलकूदको जमीन विमानस्थलका लागि पर्याप्त हुन्छ भन्दै आफूहरु विमानस्थल सञ्चालनका लागि लागिपरेको बताए । उनले विगतमा सुकुम्वासीले कब्जा गरेर बसेको विमानस्थल खाली गराउन सफल भए पनि धावन मार्ग कम भएका कारण हवाई उडान गर्न नसकिएको बताउँदै प्राधिकरणको टोलीले हालको खेलकूदको जग्गा विमानस्थल सञ्चालनका लागि उत्तम रहेको जिकिर गरे । टीकापुरमा विमानस्थल सञ्चालन भए कैलालीको पूर्वी भाग र बर्दिया जिल्लाका बासिन्दालाई सहज हुने देखिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ४ : ११ बजे

सुनसरीमा साना तथा मझौला व्यवसायी महासंघको जिल्ला कमिटी गठन

सुनसरी– साना तथा मझौला व्यवसायी महासंघको सुनसरी जिल्ला कमिटी सोमबार

अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको घरमा आक्रमण

वासिङ्गटन डीसी- अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको ओहायो राज्यको सिनसिनाटीस्थित घरमा

‘अहिलेको विवादले कांग्रेस फुट्दैन, संसदीय निर्वाचनपछि महाधिवेशनमा जान्छौँ’

काठमाडौं- दुई पक्षको विवादका कारण नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल