टीकापुरमा विमानस्थल सञ्चालनका लागि अध्ययन शुरु « Khabarhub

टीकापुरमा विमानस्थल सञ्चालनका लागि अध्ययन शुरु


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन शुरु गरेको छ । प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलको स्थलगत अध्ययन गरेको छ ।

प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था राम्रो देखिएको बताए । ‘अब प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययन र विस्तृत अध्ययन गरिसकेपछि प्रक्रिया अगाडि बढ्छ,’ श्रेष्ठले भने, ‘त्यसअघि स्थानीय सर्वपक्षीय सहमति आवश्यक रहेको छ ।’

टीकापुरमा विमानस्थल निर्माणको काम अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डानुसार हुने छ । आइकाओको मापदण्डानुसार एक हजार ८०० मिटरभन्दा लामा हवाई मैदानको चौडाइ पनि ३२० मिटर हुनुपर्नेछ तर टीकापुरमा रहेको विमानस्थलको क्षेत्रफल एक हजार दुई सय मात्र भएका कारण हवाई उडान गर्न कठिनाइ हुने भन्दै विमानस्थलको जग्गा गौचरनमा परिणत भएको छ ।

टीकापुरमा स्थानीय सरकार, टीकापुर उद्योग वाणिज्य सङ्घलगायतले टीकापुर विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई गत महिना सम्पन्न टीकापुर महोत्सवमा प्रमुख अतिथि बनाएर एक विमानस्थल बनाउन एकसूत्रीय माग राखेका थिए । मन्त्री भट्टराईले टीकापुरका जनताले जमीन उपलब्ध गराए सरकारले विमानस्थल बनाउने आश्वासन दिएका थिए ।

हालको टीकापुर विमानस्थल रहेको जमीनको क्षेत्रफल कम भएका कारण देखाउँदै उडान भर्न नसकेको अवस्थामा टीकापुर नगरपालिकाले खेलकूदका लागि छुट्याएको जमीनलाई विमानस्थल र विमानस्थलको जमीनलाई खेलकूद मैदान बनाउने सर्वपक्षीय बैठकबाट पारित भइसकेको छ ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले खेलकूदको जमीन विमानस्थलका लागि पर्याप्त हुन्छ भन्दै आफूहरु विमानस्थल सञ्चालनका लागि लागिपरेको बताए । उनले विगतमा सुकुम्वासीले कब्जा गरेर बसेको विमानस्थल खाली गराउन सफल भए पनि धावन मार्ग कम भएका कारण हवाई उडान गर्न नसकिएको बताउँदै प्राधिकरणको टोलीले हालको खेलकूदको जग्गा विमानस्थल सञ्चालनका लागि उत्तम रहेको जिकिर गरे । टीकापुरमा विमानस्थल सञ्चालन भए कैलालीको पूर्वी भाग र बर्दिया जिल्लाका बासिन्दालाई सहज हुने देखिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ४ : ११ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका