स्थानीयकै परामर्श लिएर शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्छौं : मेयर महर्जन | Khabarhub Khabarhub

स्थानीयकै परामर्श लिएर शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्छौं : मेयर महर्जन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले शंखमूलमा निर्माण गर्न लागेको विद्युतीय शवदाह गृह कस्तो बनाउने भन्ने विषयमा स्थानीयको सुझाव लिने भएको छ ।

विद्युतीय शवदाह गृह निर्माणको विरोध गर्दै सोमबार महानगरपालिका पुगेका स्थानीय बासिन्दासँग महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले छलफल गरेर नै शव दाह गृह निर्माण गरिने जनाएका हुन् ।

स्थानीयसँग उनले भने, ‘यो गृहको डिजाइन फाइनल गर्दा तपाईहरुसँग बसेर गर्छौ,तर विद्युतीय शवदाह गृह निर्माण गर्ने सन्दर्भमा महानगर पछि हट्दैन ।’

उनले स्थानीयको सुझावलाई शवदाह गृह निर्माणको क्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्युतीय शवदाह गृह निर्माणको निर्णय कार्यपालिका बैठकको मात्रै नभएर नगरसभाको समेत भएको प्रमुख महर्जनले स्पष्ट पारे ।

उनले भने, ‘यो मेरो व्यक्तिगत निर्णय होइन ,महानगरका सम्पूर्ण जनप्रतिनिधिको निर्णय हो । ’

उनले शंखमूलमा अधिकाशं पाटनबासीको दाहसंस्कार गरिने बताउँदै विद्युतीय शवदाह गृह त्यहाँ अत्यावश्यक भएको स्पष्ट पारे ।

शंखमुल नेपालको सबैभन्दा लामो घाट हो । यसलाई दोस्रो पशुपति पनि भनिन्छ ।

खुल्ला वातावरणमा लाश जलाउँदा वातावरण विनाश हुने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको प्रमुख महर्जनले बताए । दाउरा प्रयोग गरेर लाश जलाउँदा हुने वन विनाश समेत यसले रोक्ने उनको धारणा थियो ।

महानगरलाई विद्युतीय शवदाह गर्ने मेसिन दाताबाट प्राप्त भएको छ । उक्त केन्द्र निर्माणका लागि घाटसँगैको जग्गा महानगरले अधिग्रहण गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम