स्थानीयकै परामर्श लिएर शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्छौं : मेयर महर्जन « Khabarhub

स्थानीयकै परामर्श लिएर शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्छौं : मेयर महर्जन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले शंखमूलमा निर्माण गर्न लागेको विद्युतीय शवदाह गृह कस्तो बनाउने भन्ने विषयमा स्थानीयको सुझाव लिने भएको छ ।

विद्युतीय शवदाह गृह निर्माणको विरोध गर्दै सोमबार महानगरपालिका पुगेका स्थानीय बासिन्दासँग महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले छलफल गरेर नै शव दाह गृह निर्माण गरिने जनाएका हुन् ।

स्थानीयसँग उनले भने, ‘यो गृहको डिजाइन फाइनल गर्दा तपाईहरुसँग बसेर गर्छौ,तर विद्युतीय शवदाह गृह निर्माण गर्ने सन्दर्भमा महानगर पछि हट्दैन ।’

उनले स्थानीयको सुझावलाई शवदाह गृह निर्माणको क्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्युतीय शवदाह गृह निर्माणको निर्णय कार्यपालिका बैठकको मात्रै नभएर नगरसभाको समेत भएको प्रमुख महर्जनले स्पष्ट पारे ।

उनले भने, ‘यो मेरो व्यक्तिगत निर्णय होइन ,महानगरका सम्पूर्ण जनप्रतिनिधिको निर्णय हो । ’

उनले शंखमूलमा अधिकाशं पाटनबासीको दाहसंस्कार गरिने बताउँदै विद्युतीय शवदाह गृह त्यहाँ अत्यावश्यक भएको स्पष्ट पारे ।

शंखमुल नेपालको सबैभन्दा लामो घाट हो । यसलाई दोस्रो पशुपति पनि भनिन्छ ।

खुल्ला वातावरणमा लाश जलाउँदा वातावरण विनाश हुने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको प्रमुख महर्जनले बताए । दाउरा प्रयोग गरेर लाश जलाउँदा हुने वन विनाश समेत यसले रोक्ने उनको धारणा थियो ।

महानगरलाई विद्युतीय शवदाह गर्ने मेसिन दाताबाट प्राप्त भएको छ । उक्त केन्द्र निर्माणका लागि घाटसँगैको जग्गा महानगरले अधिग्रहण गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २१ बजे

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका

रास्वपाको निर्वाचन तालिका सार्वजनिक

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सिड्नी– अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका

तीन सहकारीलाई अनुदानमा कृषि सामग्री

तनहु– गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले