कांग्रेस पार्टीको ‘फोहोर’ सफा गर्न नयाँ सोचका साथ अघि बढौं : नेता सिटौला « Khabarhub

कांग्रेस पार्टीको ‘फोहोर’ सफा गर्न नयाँ सोचका साथ अघि बढौं : नेता सिटौला


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वका कारण पार्टी कमजोर भएको बताउँदै सबै एकजुट भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार राजधानीमा भएको सिटौला समुहको भेलामा नेता सिटौलाले कांग्रेसलाई बलियो बनाउन सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताए ।

सम्बोधनका क्रममा सिटौलाले नेतृत्वप्रति इंगित गर्दै अहिले कांग्रेस राजनीतिकवृत्तभित्र ‘झिँगा’ स्वभावबाट मौलाएकाे टिप्पणी गरे ।

नेतृत्वलाई झिँगासँग तुलना गर्दै सिटौलाले भन्नुभयो, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहोर छर्दै हिन्छ । एउटाले फुलको सर बटुल्दै मह बनाउँछ ।’

भेलामा नेता गगन थापाले कमजोर पार्टी नेतृत्वका कारण तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताए ।

नेता थापाले भने, ‘नेतृत्वको सफलता असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्छ । पार्टीको विधान मिच्न मिल्दैन।  महाधिवेशनको वातावरण बनाउने जिम्मेवारी सभापति र महामन्त्रीको हो ।’

उनले जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको समेत आरोप लगाए ।

काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा २ सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै