अमेरिकामा कोरोना भाइरसको महामारीले उच्च तह पार गरेको ट्रम्पको दावी « Khabarhub

अमेरिकामा कोरोना भाइरसको महामारीले उच्च तह पार गरेको ट्रम्पको दावी


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको महामारीले उच्च तह पार गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन्।

महामारीका कारण सिर्जित संकटको माथिल्लो तह पार भइरसकेको दाबी गर्दै ट्रम्पले जारी लकडाउन पनि केही दिनमै खुला हुने जानकारी दिएका छन् ।

केही राज्यहरुमा आगामी मे १ तारिखमै लकडाउन खुल्ला हुने तयारी भए पनि अब त्यसअघि नै लकडाउन खुला हुने उनले जनाएका छन् ।

जारी लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै प्रतिबन्ध पूर्णरुपमा हटाउँदै जाने उनले जनाएका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गमा ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि पुनः सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबारसम्म जारी भइसक्ने जानकारी पनि दिएका छन् ।

कोरोना भाइरसको महामारीले सबै भन्दाबढी प्रभावित बनेको अमेरिकामा बुधबारसम्म २८ हजार ५२९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ३३ बजे

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत