लकडाउनको समयमा वन तस्करी, ८ जना शिकारी पक्राउ « Khabarhub

लकडाउनको समयमा वन तस्करी, ८ जना शिकारी पक्राउ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – लकडाउनको बेला वन तस्करीमा संलग्न विरुद्ध वन कार्यालयहरुले प्रदेश २ मा विशेष अभियान चलाएको छ ।

यसैक्रममा बाराको चैतापुर वनबाट अबेरराती ८ जना शिकारीलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुबाटबाट भाला ३, बन्चरो १, टर्चलाइट १,जाल १ बरामद गरिएको जिल्ला वन कार्यालयका अधिकृत मनजुर अहमदले वताए ।

पक्राउ पर्नेमा २३ वर्षय शिवनारायण माझी, २५ वर्षिय रमेश माझी, ३० वर्षिय भजेन्द्र साह, ३२ वर्षिय यादव घिमिरे २२ वर्षिय दिपक भण्डारी, ३२ वर्षिय परमेश माझी, २९ वर्षय बमभोली सहनी, ३८ वर्षिय नारायण चौधरी रहेका छन ।

पक्राउ परेका सबै वाराको जितपुर सिमरा १७ का रहेका छन् ।

वनका गस्ती टोली त्यहाँ पुगेपछि एकजना फरार भएका थिए । यसअघि रौतहटमा दूईतर्फी फायरिङ भएको थियो ।

प्रदेश २ का उद्योग, वन, पर्यटन महानिर्देशनालयका अधिकृत सुरेश शर्माका अनुसार प्रत्येक जिल्लामा वनतस्कर विरुद्ध विशेष अभियान चलाइएको छ ।

प्रत्येक दिन अहिले वनमा गस्ती टोली जाने गरेको उनले बताए । लकडाउनको समयमा तस्करहरुले फाइदा लिन खोजेको उनले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : १० बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको