अख्तियारको हिरासतबाट थप ४ जना आरोपी रिहा « Khabarhub

अख्तियारको हिरासतबाट थप ४ जना आरोपी रिहा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो हिरासतमा रहेका थप ४ जना आरोपीलाई रिहा गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कसुरको गाम्भीर्यता समेत हेरी ४ जना आरोपीलाई हिरासतबाट मुक्त गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ताले प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार ४ जना आरोपीलाई धरौटी लिएर रिहा गरिएको हो ।

अख्तियारले यसअघि पनि आफ्नो हिरासतमा रहेका मध्ये ८ जना आरोपीलाई धरौटी लिएर हिरासतमुक्त गरेको थियो ।
सरकारले समेत कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्न भन्दै जघन्य प्रकृतिको अपराध बाहेकका घटनामा संलग्न अभियुक्तलाई धरौटी तथा तोरखमा रहने गरी थुनामुक्त गर्दै आएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  १ : ४१ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति