खाद्यान्नको प्रयोग गरी घरेलु मदिरा बनाइए कारबाही गरिने | Khabarhub Khabarhub

खाद्यान्नको प्रयोग गरी घरेलु मदिरा बनाइए कारबाही गरिने


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ ।

लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरीदबिक्रीमा रोक लगाएको हो ।

गाउँपालिकाले मदिरा उत्पादन गर्ने व्यक्ति, समूह वा व्यवसायीलाई खाद्यान्न बिक्री नगर्न स्थानीय व्यवसायीलाई आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी मदिराजन्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ ।

गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए । उक्त गाउँपालिकाले धान, मकै, कोदोलगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ ।

स्वाबको रिपोर्ट नेगेटिभ

शीघ्र निदानात्मक परीक्षणका क्रममा क्वारेन्टाइनमा रहेका व्यक्तिबाट सङ्कलित स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ । र्‍यापिड टेस्ट गरिएका १२९ जनामध्ये कोभिड–१९ सँग केही लक्षण मिल्ने स्वास्थ्य समस्या भएका ११ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

सङ्कलित स्वाबको कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणबाट नतिजा नेगेटिभ आएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । यसैगरी होम क्वारेन्टाइनमा बसेका १३ जनाको पनि आरडिटी नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

४५ सय घरमा राहत

खोटाङमा ६ स्थानीय तहले राहत वितरण थालेका छन् । लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदूर तथा कमजोर आर्थिक अवस्थाका परिवारलाई राहत वितरण थालिएको हो ।

जिल्लाको फिदिम नगरपालिकाले करीब १ हजार, याङ्वरक गाउँपालिकाले ३३९, हिलिहाङले ११३९, फालेलुङले एक हजार १४३ , फाल्गुनन्दले ४९० तथा कुम्मायकले ४५२ परिवारलाई राहत वितरण गरिरहेका छन् ।

तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाले भने राहत वितरणका लागि प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गरिइएको जनाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  २ : ०१ बजे

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त