निषेधित गतिविधि बढेपछि निकुञ्जको सुरक्षा व्यवस्था कडा « Khabarhub

निषेधित गतिविधि बढेपछि निकुञ्जको सुरक्षा व्यवस्था कडा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका ‘लकडाउन’ का कारण मानिसहरु यतिखेर घर भित्र छन् ।

मानिसहरुको आवातजावत कम भएपछि अनपेक्षित गतिविधिहरु स्वतः कम हुँदै जानुपर्ने हो । तर यही ‘लकडाउन’को फाइदा उठाउनेहरु पनि प्रशस्तै छन् । लकडाउनको मौका छोप्दै चितवन राष्ट्रिय निकुञ्जभित्र निषेधित गतिविधिहरु हुन थालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा अनपेक्षित गतिविधिहरु बढेपछि सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

लकडाउनको समयमा आममानिसहरु घरभित्रै बसिरहेका बेला केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रुपाखेतीले बताए ।

उनका अनुसार लकडाउनको समयपछि निकुञ्ज प्रवेश गरेर विभिन्न क्रियाकलाप गर्ने करिब २ सय जनालाई पक्राउ गरी कानूनी कारवाही गरिएको छ ।

पक्राउ पर्नेमा एक जना गैंडाको खाग तस्कर गरी जेलजीवन बिताइसकेका व्यक्ति समेत छन् ।

सुनसानको मौका छोप्दै निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा माछा मार्ने र निकुञ्जमा संरक्षित घासहरु काट्न आउनेहरु बढेको उनले बताए । “लकडाउनको समयमा निकुञ्ज प्रवेश गर्नेहरुको सङख्या बढेको छ”, उनले भने , “यस्तो शून्य समयमा तस्करहरु समेत सलबलाउने भएकाले हामी पनि थप सजग र चनाखो बनेका छौं ।”

लकडाउनकै समयमा निकुञ्जको अमलटारी र सौराहा नजिकको राप्तीमा तीन वटा घडियाल गोही मारिएका थिए । निकुञ्जभित्र भएर बग्ने नारायणी र राप्ती नदीमा तियारी जाल हालेर माछा मार्ने क्रममा गोही धेरै मारिने गरेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए ।

गत आर्थिक वर्षमा मात्र ९ वटा गोही मारिएका थिए । नारायणी र राप्तीमा २ सय ५० वटा घडियाल गोही छन् । गोही प्रजनन् केन्द्रमा हुर्काएर निकुञ्जले हरेक वर्ष प्राकृतिक वासस्थानमा गोही छाड्ने गरेको छ ।

बुधवार मात्रै निकुञ्जमा गैडा मृत भेटिएको थियो । “निकुञ्जमा रहेका अधिकांश कर्मचारी कार्यक्षेत्रमै खटिएका छन्”, उनले भने , “चौविसैं घण्टा विशेष निगरानी गरिराखेकै छौं ।”

अहिले विभिन्न गतिविधि बढ्दै गएपछि विभिन्न विधिबाट गस्तीलाई थप सक्रिय बनाएको नेपाली सेनाको बटुकदल गणका प्रमुख अरुण श्रेष्ठले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ४ : ५१ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको