काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित एम्बुलेन्सबाट दुई दिनमै ४६ बढीलाई निशुल्क सेवा | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित एम्बुलेन्सबाट दुई दिनमै ४६ बढीलाई निशुल्क सेवा


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लकडाउन अवधीभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले दुई दिनमै ४६ जना बढीलाई सेवा दिएको छ ।

सेवा सुरु गरेको पहिलो र दोस्रो दिनमै ४६ जनालाई सेवा दिएको एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले जानकारी दिए ।

बालाजुबाट विरामी लिएर अस्पताल जाने तयारीमा रहेका अध्यक्ष सापकोटाले आजै मात्रै पनि बिहान १२ बजेसम्म चार जनालाई सेवा दिएको जानकारी दिए ।

‘म अहिले बालाजुबाट विरामी लिएर अस्पताल जाँदैछु,’ उनले भने , ‘यस अघि जमल, मैतिदेवीलगायतका स्थानबाट पनि विरामीलाई अस्पतालसम्म लगेको थिएँ ।’

उनले डाइलोसि गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर सेवा दिने गरेको बताए ।

‘हाम्रो कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै हो । तर, महानगरपालिका क्षेत्र बाहिर र उपत्यका बाहिरबाट पनि हामीलाई विरामीहरुले सम्पर्क गर्ने गर्नुभएको छ,’ सापकोटाले भने , ‘दैनिक पचास बढीका त्यस्ता फोन आउने गरेका छन् । तर, हामीले महानगरपालिका क्षेत्र भित्रका विरामीलाई नै बढी प्राथमिकता दिएका छौँ । त्यस्ता विरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतमा लैजाने गरेका छौँ । सेवा लिनेको सङ्ख्या दिनहुँ बढी रहेको छ ।’

सापकोटाले सेवा लिने विरामीको नाम, ठेगाना सबै संकलन गरेको भन्दै सेवाग्राहीले सेवा प्रभावकारी भएको भन्दै खुशी व्यक्त गरेको जानकारी पनि दिए ।

‘सम्पर्कमा आएका त्यस्ता विरामीलाई हामीले सकेसम्म सेवा दिदैँ आएका छौँ,’ उनले भने, ‘यस्तो विपद्का बेला हामीले विरामीको सेवालाई सर्वोपरी ठानेर काम गरिरहेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको थियो ।

सोही सम्झौता अनुसार पाँच ओटा एम्वुलेन्सले लकडाउनको समयमा हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवा दिइरहेको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए ।

लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न पनि उनले आग्रह गरे ।

सम्झौतामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरीे सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको भन्दै प्रशासन विभाग प्रमुख नमराज ढकालले हृदयघात, मृगौला रोगीलगायतलाई आकस्मिक सेवाका लागि पहिलो प्राथमिकता दिने गरेको बताए ।

‘सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालक सहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राखिएको छ,’ उनले भने  ‘चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पार्ट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरगायतका स्थानबाट एम्बुलेन्सले सेवा दिइरहेका छन् ।’

काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ५ : ४४ बजे

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ

नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने 

काठमाडौं– व्यापार र वाणिज्य प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ– अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ

विवाहको उमेर हद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही– गैरसरकारी संस्था (गैसस) महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ