लकडाउनमा थप कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जान रोक « Khabarhub

लकडाउनमा थप कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जान रोक


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउनलाई थप कडा पारेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनको अवधिमा पनि हिनडुल नरोकिएपछि गृहमन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन निर्देशन दिएको छ ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने छ। गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्रशासन र सुरक्षा निकायलाई परिपत्र गरिएको बताए।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ९ : ०८ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको