चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, २७ सयभन्दा बढीको मृत्यु « Khabarhub

चीनमा भन्दा भारतमा कोरोना भाइरसका संक्रमित धेरै, २७ सयभन्दा बढीको मृत्यु


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका संक्रमितको संख्या चीनमा भन्दा भारतमा बढी भएका छन् ।

थप ३ हजार ७८७ जनामा संक्रमण देखिएसँगै भारतमा कुल संक्रमितको संख्या ८५ हजार ७८४ पुगेको छ ।

उक्त संख्या चीनको भन्दा २ हजार ८५१ ले बढी हो । चीनमा अहिलेसम्म ८२ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ७५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १०४ जनाको मृत्यु भएको छ ।

५२ हजार ७९७ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म ३० हजार २३४ जना निको भएका छन् । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा  खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ५ : ४१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी