नेपालका धेरै जिल्लासँग जोडिएको बिहारमा एक हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

नेपालका धेरै जिल्लासँग जोडिएको बिहारमा एक हजारभन्दा बढी संक्रमित


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका धेरै जिल्लासँग सीमा जोडिएको भारतको बिहार राज्यमा कोरोना भाइरसका संक्रमित संख्या १ हजार ५ पुगेको छ ।

शुक्रबार थप ६ जनामा संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमितको संख्या १ हजार ५ पुगेको हो ।

चैत ९ मा पहिलो पटक संक्रमण देखिएको बिहारमा २ महिनाको हाराहारीमा १ हजार नाघेको हो । त्यहाँ अहिलेसम्म ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बिहारमा संक्रमितको संख्या बढ्दै जाँदा बिहारसँग सीमा जोडिएका नेपालका चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी,  धनुषा, सिराहा, सप्तरी, सुनसरी र मोरङमा पनि संक्रमणको जोखिम बढेको छ ।

नेपालमा भारतबाटै आएकाहरुबाट संक्रमण फैलिएको भन्दै सीमावर्ती क्षेत्रमा कडिकडाउ गरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : २६ बजे

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर