सीमाका नेपाली भन्छन् – खाना र पानी पाएका छैनौँ « Khabarhub

सीमाका नेपाली भन्छन् – खाना र पानी पाएका छैनौँ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् ।

ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिए ।

‘हामीलाई सीमाबाट फर्काइएपछि भारतको बाबागञ्जमा लिएर क्वारेन्टाइनमा राखियो । १५ दिनपछि बिहीबार राति ९ बजे देखि राम्रोसँग खाना र पानी पाएका छैनौँ’, बोहोराले भने ।

भारत अम्बिकडनगरबाट फर्केपश्चात बाबागञ्ज क्वारेन्टाइनमा बसेर आउनुभएका हिमा गाउँपालिका–१ सिञ्जा जुम्लाका गोगनबहादुर शाहीले बिहीबार राति सीमानाका पुगेपछि सबैलाई तरकारी मण्डीमा सुताइएको गुनासो गरे। घर फर्कने आशा लिएर फर्केको ४५ दिन भए पनि अझै घर पुग्न समस्या भएको उनले बताए ।

पलाता गाउँपालिका–७ कालिकोटका कुम्भिर बमले कहिले भारत लेखेट्ने, कहिले नेपाल लखेटेर पनि घर पुग्न समस्या बनाउने प्रवृत्तिले आफूहरुलाई हैरान बनाएको दुखेसो गरे ।

बमले भने, ‘जमुनाह नाकामा हाम्रो जाँच भइरहेको छ । यस क्षेत्रमा हामीसँग रहेका रोल्पा, पूर्वी रुकुम, प्यूठान, दाङ, अर्घाखाँचीका मान्छेलाई लिन जिल्लाबाट गाडी आएका छन् । तर हामी कहाँ जाने त्यसको पत्तो छैन ।’ रोगले नभइ आफूहरुलाई भोकले पीडा दिएको उनको भनाइ थियो ।

सीमाका नेपालीलाई प्रजिअको समन्वयमा जिल्ला पठाउँदैछौँ

जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा सात सय नेपाली आइपुगेको जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट सात सय नेपाली जमुनाहमा पुगेका उनीहरुको व्यवस्थापनमा लागिएको बताए ।

यता कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबइमा आइपुगेकाको व्यवस्थापनमा स्वास्थ्य तथा सुरक्षाकर्मीको एकीकृत टोली खटाएको छ । सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी नभएकालाई बबइमा आरडिटी गर्ने, क्वारेन्टाइन क्षमताले भ्याउनेसम्मका नागरिकलाई राजधानी सुर्खेतमा राख्ने र बाँकीलाई सम्बन्धित स्थानीय तहको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : १५ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै