मुलुक बदल्न पार्टी दृढ छ : ओली-प्रचण्ड « Khabarhub

मुलुक बदल्न पार्टी दृढ छ : ओली-प्रचण्ड


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको मुहार फेर्न पार्टी दृढ भएर लागेको बताएका छन् ।

२७ औं मदन-आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा सम्युक्त वक्तव्य जारी गर्दै दुई अध्यक्षले मुलुकको मुहार बदल्न प्राप्त ऐतिहासिक अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ रहेको बताएका छन्।

वक्तव्यमा सरकारले ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेको उल्लेख गरिएको छ ।

‘गएका दुई वर्षमा पार्टी नेतृत्वको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेको छ। थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएका छन्।’ विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको मुहार बदल्न प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित छ।’

दलाल नोकरशाही पुजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्ने, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्ने र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न पार्टी केन्द्रित रहेको उल्लेख छ।

विज्ञप्तिमा जननेता मदन भण्डारी नेपाली कम्युनिस्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता भएको स्मरण गरिएको छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिस्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न उनले प्रतिपादन गरेको विचारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरिएको छ।

‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्ने मान्यता राख्नुहुने कमरेड मदन भण्डारीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गर्नुभएको छ। नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुयाउनुभएको छ।’

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘लोकतन्त्रका विश्वव्यापी मूल्य-मान्यताहरूलाई आत्मसात् गर्दै कम्युनिस्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थिति अनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हीतको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको छ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको २७ वर्ष अगाडि दासढुंगा जीप दुर्घटनामा मृत्यु भएको थियो।

पार्टी एकीकरणको दुई वर्ष बीचमा हामीले पार्टीको संगठनात्मक एकीकरणलाई आधारभूत रूपमा सम्पन्न गरेको बताइएको छ। केन्द्रीय कमिटीको निर्णय अनुसार पार्टी एकता सदृढीकरण र जन-सम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोभिड १९ (कोरोना भाइरस) महामारीका कारण प्रभावित भएको उल्लेख गरिएको छ। एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु अहिलेको आवश्यकता भएको अध्यक्षद्वयले बताएका छन्।

सरकारको प्रभावकारी कदमका कारण नेपालमा हालसम्म कोरोना महामारी निकै हदसम्म नियन्त्रित अवस्थामै रहेको भए पनि खुल्ला सीमाना, लकडाउनको पूर्ण परिपालनाको अभाव र कमजोर स्वास्थ्य पूर्वाधारका कारण हामी उच्च जोखिममै रहेको विज्ञप्तिमा उल्लेख छ।

नेकपाले कोरोना महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचारसगै यसले सिर्जना गरेको आर्थिक मन्दीसँग सरकारको अगुवाइमा एकताबद्ध भएर जुझन सबै राजनीतिक दलहरू एवं सम्पूर्ण देशवासीलाई अपिल गरेको छ।

नेकपाका अध्यक्षद्वयले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ९ : ५६ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक