धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु « Khabarhub

धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालमा आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीको पुष्टि गर्दै अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले अन्य विवरण भने खुलाएनन् ।

कोरोनाको संक्रमणकै कारण मृत्यु भएको हो भन्ने प्रश्नमा प्रवक्ता ताम्राकारले भने, ‘हाम्रो अस्पतालको आइसोलेसनमा भएको बिरामीको मृत्यु भएको हो । तर यसको कारण केहो हामीले भन्न मिल्दैन । कोरोना परीक्षण गरेको रिपोर्ट पनि ल्यावबाट गोप्य रुपमा स्वास्थ्य मन्त्रालयमा जान्छ । हामीलाई नै पनि थाहा हुँदैन ।’

अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएको थियो ।

१० दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् ।

सिन्पाल्चोकको बाह्रबिसेकी उनमा घर पुगेपछि श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो । आमाको मृत्यु भएपछि शिशुलाई अस्पतालमै राखिएको अस्पतालका एक चिकित्सकले बताए ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएकी उनको मृत्यु भएपछि अहिले अस्पताल सिल गरिएको छ । उनको पुन: कोरोना परीक्षण गर्न पठाइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  २ : ०७ बजे

कामु प्रधान्यायाधीश मल्ल र प्रधान्यायाधीशमा सिफारिस शर्माको इजलास खाली

काठमाडौं- सर्वोच्च अदालतमा ३३ औँ प्रधानन्यायाधीश सिफारिस भएको भोलिपल्ट दुईजना

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू हुँदै

काठमाडौं- सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार भएको नयाँ प्रधान न्यायाधीश

नयाँ प्रधानन्यायाीश छान्दा उपसभामुख ठाकुरले बालेनलाई साथ दिएपछि बिच्किए हर्क

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बिहीबार बसेको संवैधानिक

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन निर्देशन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–संकलनलाई