पाँचथरमा जिल्ला बाहिरबाट आएकाको व्यवस्थापन गरिँदै « Khabarhub

पाँचथरमा जिल्ला बाहिरबाट आएकाको व्यवस्थापन गरिँदै


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- कोभिड–१९ को जोखिम हुन नदिन पाँचथरमा भारतसहित अन्य मुलुक तथा जिल्लाबाट यहाँ आएका जिल्लावासीको व्यवस्थापनको तयारी शुरु भएको छ ।

गत बुधबार बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला फर्किएको अवस्थामा गर्नुपर्ने व्यवस्थापनको तयारी थाल्ने निर्णय गरेको हो ।

यसका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण तथा अन्य व्यवस्थापकीय कार्य अघि बढाउने भएका छन् । यहाँका सबै स्थानीय तहले भारतसहित विदेशमा रहेका आ–आफ्ना नागरिकको विदेश गएको मिति र जानुको कारणसहितको विवरण तयार पार्ने भएका छन् ।

यस्तै तत्कालै भारतमा रहेका नेपाली स्वदेश भित्रन थालेमा सीमा नाकाका होल्डिङस्थलबाट स्कृनिङ र परीक्षण भई सम्बन्धित जिल्लाको स्थानीय तहमा आउँदा हाल रहेका क्वारेन्टाइन अपुग हुने उक्त बैठकले निष्कर्ष निकाले सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए ।

उनीहरुको व्यवस्थापनका लागि सदरमुकाम फिदिममा ५०० श्यया तथा जिल्लाका अन्य सातवटा गाउँपालिकामा एक/एक सय श्ययाको क्वारेन्टाइन निर्माण गर्ने बैठकले निर्णय गरेको छ । यसका लागि जिल्ला समन्वय समितिले स्थानीय तहसँग समन्वय गर्नेछ ।

बैठकले कोभिड–१९ को जोखिम हुन नदिन स्थानीय तहसँगको समन्वयमा सुरक्षा निकायले बाहिरी जिल्लाबाट पैदल हिँडेर आउनेहरुलाई प्रवेशमा रोक लगाउने निर्णयसमेत गरेको उनले बताए ।

यस्तै जिल्लामा अत्यावश्यक सेवा र निर्माण क्षेत्रका सवारी सञ्चालन पास प्राप्त सवारी साधनलाई आफ्नो क्षेत्र र निश्चित समयमा प्रयोग गर्न दिइने भएको छ ।

यस्तै फिदिमस्थित समर्पित अस्पतालमा रहेका ५१ श्ययाको क्वारेन्टाइनलाई २० स्ययाको आइसोलेशन वार्डमा परिणत गरिएको छ । यहाँ फिदिममा ३६ श्ययाको आइसोलेशन वार्ड तथा आठ स्थानीय तहका ३६ वटा स्थानमा ५६१ श्ययाको क्वारेन्टाइन रहेका छन् ।

प्रत्येक स्थानीय तहमा एम्बुलेन्स तथा अन्य सवारी साधन प्रयोगका लागि तयारी अवस्थामा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । यस्तै यहाँ १० थान व्यक्तिगत सुरक्षा उपकरण मौज्दात रहेका छन् ।

जिल्लामा हालसम्म ५७ जनाको पिसिआर र एक हजार ३४ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) भएकामा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  २ : २१ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित