पाँचथरमा जिल्ला बाहिरबाट आएकाको व्यवस्थापन गरिँदै « Khabarhub

पाँचथरमा जिल्ला बाहिरबाट आएकाको व्यवस्थापन गरिँदै


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- कोभिड–१९ को जोखिम हुन नदिन पाँचथरमा भारतसहित अन्य मुलुक तथा जिल्लाबाट यहाँ आएका जिल्लावासीको व्यवस्थापनको तयारी शुरु भएको छ ।

गत बुधबार बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला फर्किएको अवस्थामा गर्नुपर्ने व्यवस्थापनको तयारी थाल्ने निर्णय गरेको हो ।

यसका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन, क्वारेन्टाइन निर्माण तथा अन्य व्यवस्थापकीय कार्य अघि बढाउने भएका छन् । यहाँका सबै स्थानीय तहले भारतसहित विदेशमा रहेका आ–आफ्ना नागरिकको विदेश गएको मिति र जानुको कारणसहितको विवरण तयार पार्ने भएका छन् ।

यस्तै तत्कालै भारतमा रहेका नेपाली स्वदेश भित्रन थालेमा सीमा नाकाका होल्डिङस्थलबाट स्कृनिङ र परीक्षण भई सम्बन्धित जिल्लाको स्थानीय तहमा आउँदा हाल रहेका क्वारेन्टाइन अपुग हुने उक्त बैठकले निष्कर्ष निकाले सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए ।

उनीहरुको व्यवस्थापनका लागि सदरमुकाम फिदिममा ५०० श्यया तथा जिल्लाका अन्य सातवटा गाउँपालिकामा एक/एक सय श्ययाको क्वारेन्टाइन निर्माण गर्ने बैठकले निर्णय गरेको छ । यसका लागि जिल्ला समन्वय समितिले स्थानीय तहसँग समन्वय गर्नेछ ।

बैठकले कोभिड–१९ को जोखिम हुन नदिन स्थानीय तहसँगको समन्वयमा सुरक्षा निकायले बाहिरी जिल्लाबाट पैदल हिँडेर आउनेहरुलाई प्रवेशमा रोक लगाउने निर्णयसमेत गरेको उनले बताए ।

यस्तै जिल्लामा अत्यावश्यक सेवा र निर्माण क्षेत्रका सवारी सञ्चालन पास प्राप्त सवारी साधनलाई आफ्नो क्षेत्र र निश्चित समयमा प्रयोग गर्न दिइने भएको छ ।

यस्तै फिदिमस्थित समर्पित अस्पतालमा रहेका ५१ श्ययाको क्वारेन्टाइनलाई २० स्ययाको आइसोलेशन वार्डमा परिणत गरिएको छ । यहाँ फिदिममा ३६ श्ययाको आइसोलेशन वार्ड तथा आठ स्थानीय तहका ३६ वटा स्थानमा ५६१ श्ययाको क्वारेन्टाइन रहेका छन् ।

प्रत्येक स्थानीय तहमा एम्बुलेन्स तथा अन्य सवारी साधन प्रयोगका लागि तयारी अवस्थामा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । यस्तै यहाँ १० थान व्यक्तिगत सुरक्षा उपकरण मौज्दात रहेका छन् ।

जिल्लामा हालसम्म ५७ जनाको पिसिआर र एक हजार ३४ जनाको शीघ्र डाइग्नोष्टिक परीक्षण (आरडिटी) भएकामा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  २ : २१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने