तीनतले घरमा आगलागी, एक जनाको मृत्यु « Khabarhub

तीनतले घरमा आगलागी, एक जनाको मृत्यु


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुसिकोट – रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले देवकोटाको अन्य सदस्य भने सामान्य रहेको बताइएको छ । आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैबीच जिल्लाको बाँफिकोट गाउँपालिका–९ तार्सिबाङमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतावस्थामा फेला परेका व्यक्ति सोही वडाको झूला निवासी ४६ वर्षीय सार्की गिरी रहेका छन् ।

जेठ १ गते दिउँसो आफन्तको घरमा गहुँ किन्न निस्केका गिरी साँझसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा तार्सीबाङ मनघर भन्ने स्थानमा शुक्रबार बेलुकी मृतावस्थामा उनको शव फेला परेको हो । मृतक गिरीको मुचुल्का कार्य सम्पन्न गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : २३ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले