कुखुरापालनदेखि गाउँ सुधार अभियानमा युवा | Khabarhub Khabarhub

कुखुरापालनदेखि गाउँ सुधार अभियानमा युवा


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनमा जुम्लाका युवा कुखुरापालनदेखि गाउँ सुधार अभियानमा जुटेका छन् । कोरोना त्रासका कारण भारत तथा तेस्रो मुलुकबाट फर्केका यहाँका युवा उद्यमशीलतामा जुटेका हुन् ।

जारी बन्दाबन्दीलाई व्यावसायिकरुपमा सदुपयोग गर्दै गुठिचौर गाउँपालिका–५ का टपेन्द्र खत्रीले लोकल कुखुरापालन शुरु गर्नुभएको छ । लकडाउनको समयलाई खाली बिताउनुभन्दा केही व्यावसायिक बनाउने लक्ष्यका साथ उनले गाउँमै स्थानीय रैथाने जातको कुखुरापालनको शुरुवातमा रु एक लाखको लगानीबाट कुखुरापालन शुरु गरेको र लकडाउनपछि व्यवसायलाई ठूलो रुप दिने लक्ष्य राखेको कुखुरापालन युवा उद्यमी टपेन्द्र खत्रीले बताए ।

लकडाउनले बेफाइदा हैन मलाई कुखुरापालक बनाएको छ । खत्रीले भने, “लकडाउन भनेकै आफू बच्ने अरुलाई बचाउने समय हो तर बचेर पनि भविष्यका विषयमा धेरै गर्न सकिने समय भएकाले लकडाउनलाई आफूले एक अवसरका रुपमा लिएको छु ।”

लकडाउनले कसैलाई अल्छी बनाएको छ । कसैलाई उद्यमी व्यवसायी बनाएको छ । तीमध्ये टपेन्द्र खत्री एक हुन जसलाई लकडाउनले कुखुरापालक व्यवसायी बनायो ।

त्यसैले गाउँमै (साथीभाइ फलफूल तथा पशुपक्षी फार्म) सञ्चालनमा ल्याएको खत्रीले बताउनुभयो । निकट भविष्यमै हाँस, लौकाट, कडकनाथ जातका कुरा तथा माछापालन गर्ने सोचमा छु । लकडाउनले व्यवसाय गर्ने सन्दर्भ जुराए पनि लकडाउनपछि पनि व्यावसायिकरुपमा अघि बढ्ने खत्रीले बताए ।

सुर्खेतमा विगत ६ महिनाअघिदेखि मात्रै पौरखी हात कुखुरापालन फार्म सञ्चालन गरेका सो गाउँपालिका युवराज पाण्डे पनि व्यवसायी बने । कोरोना भाइरसका कारण सबै युवा घर फर्केका छन् रोजगारी छैन । यस्तो विषम परिस्थितिमा रोजीरोटी जुटोस् भन्नका लागि पनि कुखुरापालनमा लागेको पाण्डेले बताए ।

अध्ययनले कृषि प्राविधिक (जेटिए) पढेका पाण्डेले लोकसेवा नखोलेका कारण जागिर नपाउँदा आफ्नै व्यवसाय सञ्चालन गर्न लागेको बताए ।

‘आफ्नो गाउँ, आफैँ बनाउँ’

कोरोनको त्रासले भारत तथा तेस्रो मुलुक र देशका विभिन्न जिल्लाबाट गत चैत पहिलो सातामै घर फर्किएका सिँजा गाउँपालिकाका युवा गाउँ बनाऊ अभियानमा जुटेका छन् । लकडाउनको समयमा सबै युवा मिलेर बिग्रे भत्केका गाउँका भौतिक संरचना बनाउने काम युवाले गरिरहेको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए ।

त्यस्तै, पुल पुलेसा बाटोघाटो सुधारलाई युवाले अघि बढाएका छन् । लकडाउनको समयमा सबै युवा मिलेर गाउँको विकास तथा सुधारका लागि गरेको योगदानको पालिकाले कदर गर्ने अध्यक्ष रावलले बताए ।

उनले कोरोनाले गाउँ भित्रिएका युवा ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ भन्ने सोचका साथ सक्रियताका साथ लागिपरेका छन् । युवालाई अब राहतभन्दा रोजगारी दिने नीति आगामी आर्थिक वर्षमा ल्याइने अध्यक्ष रावलले बताए।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ३ : ४९ बजे

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले

सेनाको गेटमा जेन-जीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला (तस्बिरहरू)

काठमाडौँ- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह